Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त

ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त

काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ । ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो । सो विरोधमा स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन् ।

सातदोबाटो बाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनले भने, ‘जेसिबीका चालकलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौँ ।’ मृतक रमेश खड्गी ठैबका स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट