काठमाडौँ : प्रहरीले रमण कन्स्ट्रक्सनका सञ्चालक मध्येका पवन महतोलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ घर भई काठमाडौँ सिफलचौर बस्ने उनलाई काठमाडौँबाट पक्राउ गरेर धनुषा लगिएको छ ।
महतोविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दर्ता भएको धनुषाका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धानको लागि काठमाडौँबाट पक्राउ गरेर धनुषा ल्याएका छौँ ।’उनी विरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । लेनदेन विवादमा अर्को निर्माण कम्पनी एस एण्डबी प्रालिका सन्तोषकुमार यादवले उजुरी गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij