Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्लाहीमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

सर्लाहीमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

सर्लाही : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फूलजोर चोकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ।मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका–६ निवासी ३० वर्षीय मीन बहादुर दानी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दानी बयलवासबाट फूलजोरतर्फ जाँदै गरेको बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकलमा सवार थिए।सोही क्रममा रानिगन्जबाट आइरहेको ना १ क ८५२० नम्बरको टिपरले फूलजोर चोकमा ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका दानीलाई सुरुमा सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लैजाँदै गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरी जवान दानी मलङ्गवा नगरपालिका–३ निवासी मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकका पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) थिए। उनी नेपाल प्रहरीअन्तर्गत सशस्त्र प्रहरी गण नं. १, गुल्म नं.२ नक्साल, काठमाडौँमा दरबन्दी भएर कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट