Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अनलाइन सट्टेबाजीमा संलग्न आरोपमा काठमाडौँ र ललितपुरबाट १७ जना पक्राउ

अनलाइन सट्टेबाजीमा संलग्न आरोपमा काठमाडौँ र ललितपुरबाट १७ जना पक्राउ

काठमाडौँ : अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौँको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

आरोपीहरूले आइपिएल खेलको सट्टेबाजी गराएका हुन् । पक्राउ पर्नेमा अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवर, २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरका ३० वर्षीय राजेन्द्र बहादुर महता, कैलाली घर भएका २१ वर्षीय अरविन कुमार खड्का, दाङ घर भएका विष्णु कुमार राउत, डोटीका ठक्क कुँवर, तिलक खड्का, पुर्व नवलपरासीका जीत बहादुर महतो, डोटीका सुवास खड्का र अछामका विकाश थापा छन् ।

त्यस्तै, डोटी घर भएका २३ वर्षीय हर्क बहादुर खड्का, भारतीय नागरिकहरू ऋषभ राज, २६ वर्षीय दीपक कुमार सिंह, २५ वर्षीय अङ्कित कुमार सिंह, धिरज कुमार सिंह र मोहित कुमार सिंह छन् । रुपन्देही घर भएका २६ वर्षीय पूर्ण बहादुर दर्लामी मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट