Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खुकुरी प्रहार घटनामा संलग्न तामाङ पक्राउ

खुकुरी प्रहार घटनामा संलग्न तामाङ पक्राउ

राप्ती : चितवनको पर्सामा खुकुरी प्रहार घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका ९ घर भएका २८ वर्षिय लड्डु भनिने प्रभात तामाङ छन् ।किटानी जाहेरी परेको सात जना मध्य उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनिका प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए ।

बैशाख ३० गते दिउँसो पर्सा स्थित आहार क्याफेमा खाजा खाएर बसेको एक समुह माथी अर्को समुहले खुकुरी प्रहार गरेका थिए । घटनामा ४ जना घाइते भएकोमा उनिहरु उपचार पछि घर फर्किसकेका छन् ।

पक्राउ परेका तामाङ संग थप अनुसन्धान भइरहेको र किटानी जाहेरी परेकाहरुको खोजी भइरहेको प्रहरी निरीक्षक महतले बताए । आपसी दुस्मनिका कारण घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको निरीक्षक महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट