Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

नवलपुर : नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य भएको छ भने पाँच जना घाइते भएका छन्।सवारी दुर्घटना मिति २०८२।०२।१९गते अ.०८:३०बजे जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पूर्व) देवचुली न.पा. वडा नं. २ दुम्कौली चोक स्थित पूर्व-पश्चिम राजमार्गमा बुटबलबाट नारायणघाट तर्फ बिरामी लिइ आउदै गरेको ना ४ च १६४६ नं.को एम्बुलेन्स र रजहर चोकबाट दुम्कौली तर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा २०च ७२नं.को स्कुल भ्यान एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न ब्यक्तीहरु घाइते भइ उपचारको लागि मनकामना अस्पताल चितवन पठाएको, एम्बुलेन्समा आएका बिरामीहरुलाइ अन्य एम्बुलेन्समा राखी चितवन पठाइएको, निम्नः भ्यान चालकः- जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१बस्ने बर्ष अ.५२ को कुल प्रसाद सुबेदी टाउको र दुबै खुट्टामा चोटलागी उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेको मा उपचारको क्रममा चिकित्सक द्वारा ऐ. ०९;२० बजेको समयमा मृत घोषणा गरेको ।

एम्बुलेन्समा सवार घाइते –

१) जिल्ला रुपन्देही बुटवल न.पा. ३ गोलपार्क बस्ने बर्ष ३६ की लक्ष्मी राइ – टाउकोमा चोट , मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष अ. २५ की इसु राइ ,अनुहारमा चोट मध्यम ।

३) ऐ.ऐ. बस्ने बर्ष अ. २५ की स्नेहा परियार अनुहारमा चोट , मध्यम ।

स्थानिय भबिष्य पोली क्लनिक उपचार पश्चात डिस्चार्ज बिर्धार्थी हरुः-

१) देवचुली १७ बस्ने बर्ष १० की आयुसा गौतम – समान्य ।

२) ऐ.ऐ. ४ बस्ने बर्ष ६की सोखनिया रोक्का – सामान्य ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट