Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जुवातास खेलिरहेका होटल सञ्चालकसहित पाँच जना पक्राउ

जुवातास खेलिरहेका होटल सञ्चालकसहित पाँच जना पक्राउ

सिन्धुपाल्चोक : होटलमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोकमा ५ जना पक्राउ परेका छन् ।चौतारा साँगाचोकगढी नगरपालिका-५ नवलपुर चोकस्थित सङ्कल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही नगरपालिका-६ बस्ने ४० वर्षीय राकेश बस्नेत समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट