काठमाडौं : नक्कली लाइसेन्स जारी गर्ने कम्प्युटर अपरेटर सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर र सेवाग्राही सभ्यता केसी विरुद्ध आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।फरक व्यक्तिको विवरण राखि नक्कली लाइसेन्स जारी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरि पाँच जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको अख्तियारले जनाएको छ ।
लिखित र ट्रायल परीक्षामा सामेल नै नभएकी सभ्यता के.सी.को नामको विवरणहरु प्रणालीमा परिवर्तन गरी अर्कै व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु के.सी.को सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरी सावरी चालक अनुमतिपत्र जारी गरिएको थियो।चारै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ सोही ऐनको दफा २२ सजाय हुन मागदाबी सहित आज मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij