Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

काठमाडौं : मकवानपुरमा बिच्छीले टोकेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका-७ मैनाटारका वीरबहादुर वाइबाकी ८ वर्षीया छोरी अस्मिता वाइबा छिन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ६ बजे नुहाएर कपडा लगाउने क्रममा बिच्छीले उनको कम्मरमा टोकेको थियो। भोलिपल्ट (बिहीबार) दिउँसो २ बजेदेखि उनलाई सास फेर्न गाह्रो भएको थियो।

गाह्रो भएपछि परिवारले उनलाई ७:४५ बजे मात्रै हेटौंडा अस्पताल पुर्‍याएको थियो। त्यसको एक घन्टामा चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट