दक्षिणकालीमा सन्तोषी सुब्बाको क्रुर हत्या

काठमाडौं:  काठमाडौंमा एकाएक अपराधका घटना बढ्न थालेका छन्। बौद्धमा मानिसको गोडा भेटिएको दुई साता नवित्दै दक्षिणकालीमा महिलाको विभत्स तरिकाले हत्या गरिएको शब फेला परेको छ।

दक्षिणकालीको ट्वाइलेटबाट बरामद सब काठमाडौं कालोपुलनजिक बस्ने सन्तोषी सुब्बा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सन्तोषीलाई सुरूमा घाँटीमा सलले कसेर हत्या गरी ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको छ। सन्तोषीलाई कालोपुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले धर्मछोरी बनाएर राखेका थिए ।

अहिले तामाङसँग प्रहरीले सोधपुछ गरिरहेको छ । तामाङले सुब्बालाई आफूले सानै उमेरदेखि पालन-पोषण गरेको बताएका छन्। उनी विभिन्न पशुपंछीको आवाज निकालेर चर्चामा आएकी थिइन।

घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तको टोली खटिएको छ। उनको टाउको र अनुहार क्षतविक्षत छ । अपराध महाशाखाका एसपी कृष्ण पगेनीका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।

घटना निकै योजनावद्ध रहेको र हत्याको मुख्य कारण गर्भमा रहेको बच्चा हुन सक्नेतर्फ प्रहरीको अनुसन्धान मोडिएको छ। उनलाई कसैले बिहे गर्छु भनेर दक्षिणकालीमा पुर्याएर योजनावद्ध तरिकाले हत्या गरेको देखिन्छ।