ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ

काठमाडौं : सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हिरासतमा लिएको हो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । यसअघि संग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै प्रहरीलाई थर्काएको थियो ।