नेपालमा एकैदिन आज थप २,४४२ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यी परीक्षणबाट देशभर २१ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको हो ।

यस्तै आइतबार कोरोना भाइरस संक्रमणका कारण थप ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३४ सय ५६ जना डिस्चार्ज भएका छन् ।