बेम्बलीमा भएको खेलमा इङल्यान्ड र स्कटल्यान्ड बराबरी

काठमाडौँ  : इङल्यान्डले बेम्बली रंगशालामा भएको खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमै चित्त बुझाएको छ । यस जीतसँगै इङल्यान्डले समूह डीमा ४ अंक बटुलेको छ भने स्कटल्यान्ड एक अंकमै सिमित बनेको छ ।

खेलको दशौं मिनेटमै इङल्यान्डले अग्रता लिने राम्रो अवसर गुमायो, जोन स्टोन्सले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । मासोन माउन्टले पनि पहिलो हाफमा स्कटल्यान्डलाई ठूलो दबाब दिएका थिए ।