चितवन प्रशासनको अनुरोध : नदिहरुमा माछा मार्न र दाउरा संकलन गर्न नजाऔँ

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका नदिहरुमा जथाभावी माछा मार्न र दाउर संकलन गर्न नजान अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउ लगाएतका नदिहरुमा बाढी आई पानीको सतह बढेकाले नदिहरुमा जथाभावी नपस्न अनुरोध गरेको हो ।

कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा खोला नाला तथा ताल पोखरिमा काठ दाउरा समात्न, माछा मार्न लगाएतका विभिन्न बहानामा जथाभावि नपस्न अनुरोध गर्दै बाढी पहिरोको जोखिममा रहेका सर्बसाधारणलाई साबधानी अपनाउन अनुरोध गरेको हो ।