डा थापा विश्व दन्त परिषद्को नेतृत्वदायी महिला चिकित्सकको शृङ्खलामा छनोट

चितवन : दन्त चिकित्सक डा. सरिता थापा न्यौपाने (सरु) विश्व दन्त परिषद्को नेतृत्वदायी महिला चिकित्सकको शृङ्खलामा छनोट भएकी छन्।

विश्व दन्त परिषद्को जुन महिनाको नेतृत्वदायी महिला चिकित्सकको रुपमा छनोट भएकी डा. थापासँगको कुराकानी विश्व दन्त परिषद्को वेभसाइटमा पनि राखिएको छ। डा थापाले विपन्न समुदायमा दन्त सेवा प्रदान गरेर प्रेणणादायी कार्य गरेको विश्व दन्त परिषद्को वेभसाइटमा उल्लेख छ।

डा. थापा विगत १६ वर्षदेखि चितवनको दन्त चिकित्सकीय सेवामा सक्रिय छिन्। नेपाल दन्त चिकित्सक संघले भोटिङको आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो ।

दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मूल्याङ्कन गर्दै उनलाई छनोट गरिएको परिषद्को वेभसाइटमा उल्लेख गरिएको छ । डा. सरुले आफू छनोट भएपछि थप हौसला मिलेको बताएकी छन् । उनले सफलता हासिल गर्न आफूलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने दन्त चिकित्सकहरुसहित सबैलाई धन्यवाद दिएकी छन् ।