बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कोरोना महामारी नियन्त्रणमा केन्द्रित (पूर्णपाठ)

बागमती  : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको छ ।

आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता कार्यक्रम र युवाहरुलाई उद्यमशीलतामा जोड्न स्वरोजगारमूलक उत्पादनमा आधारित अनुदानका कार्यक्रम पनि तर्जुमा गरिने जनाइएको छ ।

आगामी आर्थिक वर्षमा प्रदेश सरकारले मेघौली–हेटौंडा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन र विद्युतीय परिवहन रणनीति अवलम्बन गर्ने भएको छ ।