वाग्मती प्रदेशसभाको दोस्रो बैठकः धन्यवाद प्रस्ताव

मकवानपुर, (रासस) : वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले केही समयअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रति टेबल गर्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले नीति तथा कार्यक्रम सम्बन्धमा धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुभएकामा सदस्य शान्ति थिङले समर्थन गर्नुभएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक नीति कार्यक्रममाथि छलफल गर्न यही जेठ २८ गते बिहान ११ बजे बस्ने गरी आज स्थगन गर्नुभयो ।