आज मन्त्रिपरिषदले पूर्णता पाउँदै, को–को बने मन्त्री (सूचीसहित)

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

नयाँ बन्ने मन्त्रीहरु :

१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, विनाविभागीय
३. खगराज अधिकारी,गृहमन्त्री
४. नैनकला थापा, सन्चारमन्त्री
५. ज्वालाकुमारी साह, कृषि मन्त्री
६. राजकिशोर यादव, उद्योग मन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री
८. आशा विक, वन राज्यमन्त्री