प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । एमाले नेता विष्णु रिजालका अनुसार ओलीले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय नयाँ नियुक्त गर्न लागेका हुन् ।

ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र रक्षामन्त्रीमा नैनकला थापालाई नियुक्त गर्ने बताइएको छ ।