सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले भने, ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन, भेटेर छलफल गर्ने हो, यसरी बोलाइएको बैठकमा सहभागी हुनुहुन्न ।’

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुखले पठाएको पत्र पार्टी कार्यालय पठाएका थिए ।