भारतमा एकैदिन आज ६ हजार १३८ संक्रमितको मृत्यु

काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।

यसैबीच भारतमा आज पनि संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् ।