फिफा विश्वकप छनौटमा नेपालले आज जोर्डनसँग भिड्दै

काठमाडौँ : फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ ।

जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।