एक्काइसौ शताव्दीको बाल शिक्षा !

नारायण रेग्मी : भनिन्छ सहवास गने छुट सबैमा छ तर बच्चा जन्माउने छुट सबैमा नहुन सक्छ।बिकसित देशहरुमा अध्ययन रोजगार बिबाह बच्चा जन्माउने बारेमा योजना बनाइन्छ।बिकासोन्मुख मुलुकहरुमा अध्ययन रोजगार बिबाह बच्चा बच्ची जन्माउने बारे खासै योजना बनाएर अघि बढेको पाईदैन।कथाकार Chinua Achebeले भने झै Marriage एउटा Private Affairs भएपनि यस भित्र थुप्रै कुराहरु अनुबन्धित भएर आएका हुन्छन्।नेपाली समाज बिबाह बाद्यता कि आबश्यकता के हो भन्ने बारेमा अहिले पनि प्रष्ट छैन।घर सम्पति परिवार वम्श धान्न बिबाह गर्ने , हजुर बा आमाको नाति हेर्ने खेलाउने  सदिक्षा पुरा गर्न र घरायसी काम सघाउन बच्चाबच्ची जन्माउने मान्यता पनि छ समजमा।पछिल्लो समय शिक्षा चेतनाको बिकास सुचना प्रबिधिको प्रयोगले समाज परिबर्तित दिशा तिर निर्देशित भएको अनुभुति भएपनि अझै धेरै कुराहरुमा सुधार हुन बाँकी देखिन्छ।

अन्तराष्ट्रिय अनुभव राज्यको नीति नियम योजना समाजको मूल्यमान्यता घरपरिवारको शिक्षा सुबिधाको अबस्थाले बालबालिकाहरुको मानसिक र शारिरिक बिकासलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाब पारेको हुन्छ।बर्तमान बिश्वमा बिशेषगरि औपचारिक शिक्षालाई नै उच्च महत्व दिइएको र बालबालिकाहरुलाई सानै उमेर देखि बिद्यालय पठाएर औपचारिक शिक्षा प्रदान गरिन्छ।समाजको बदलिदो परिवेशले बाबु आमाको ब्यस्तताले गर्दा बिकशित वा बिकाशोन्मुख दुबै देशहरुमा बच्चाबच्चीहरुलाई सानै उमेरमा भुलाउनका लागि भएपनि बिद्यालय पठाउन थालिएको छ।बच्चाबच्चीको स्तनपान खेल्ने रम्ने भोक लाग्दा मात्र खान पाउने धर्ति आकाससङग रम्ने अधिकार बिस्तारै खोसिदैछ।बच्चाबच्चीले उनिहरुका लागि भन्दा पनि बाबु आमाका लागि पढ्न गइदिनु,उनिहरु कै अफिस ब्यबशायको समय मिल्ने गरि खानेकुरा ग्रहण गरिदिनु पर्ने आझ उदेक लाग्दो कुरा बच्चाले खानेकुरा खान किचकिच गर्छ भन्ने कर्कशा सुनिदिनुपर्ने।कतिपय देशहरुमा बैदेशिक रोजगारको कारण जन्माइएका कलिला उमेरका बच्चाबच्चीहरुलाई ठूलो भद्दा समुह अनुशासन पालन सहितको स्कुलहरुमा राख्ने गरिएको पाईन्छ।
अधिकाम्स बाबुआमाहरु आफ्नो बेग्लै जेनेटिक कोर्ड लिएर आएका बच्चाबच्ची मार्फत आफ्ना पुरा हुन
नसकेका सपनाहरु पुरा गर्दियोस् भन्ने अपेक्षा गर्छन्।राईट ब्रेन चल्ने खेल्ने उमेरका बच्चाहरुलाई जबरजस्त स्कुल पठाईन्छ र अनुशासन पालना गर्न लेफ्टब्रेन एक्टिभ गर्ने बनाईन्छ।नर्सरी प्लेग्रुपमा पढ्ने बच्चालाई उसको गुरुआमा तपाईको बच्चा गणितमा कमजोर भयो भन्छिन,सुरुमा नै असफलको बिल्ला भिडाइदिन्छिन।अधिकाम्स बाबुआमाहरु बच्चा पढोस् भन्ने चाहान्छन् तर बच्चाले के पढ्ने भन्ने बारे उनिहरु अनभिज्ञ देखिन्छन्।एक समय यस्तो पनि थियो जुन समय धेरै सम्झन घोक्न सक्ने सामान्य ज्ञान बढि भएको बच्चाबच्ची भबिष्यमा राम्रो गर्नसक्ने मान्यता राखिन्थ्यो।नेपालमा पनि एक समय अङग्रेजी घरर बोल्न जान्ने बच्चा तिक्ष्ण हुन्छ भनिन्थ्यो र निजी लगानीमा सञ्चालित बिद्यालयहरुले सिक्किम दार्जिलिङग शरणार्थिको रुपमा रहेका भुट्निज शिक्षक शिक्षिकाहरु खोजि खोजि राख्थे।अधिकाम्स शैक्षिक सस्थाहरुले अहिले पनि जेनेटिक कोर्डमा नै जन्मसिद्द बिभिन्न प्रतिभा लिएर आएका बच्चाबच्चीहरुलाई समुहगतरुपमा एकै किसिमको औपचारिक शिक्षा दिएर आमनागरिक मा रुपान्तरण गरिदिन्छ।
स्कुल कलेजका जञ्जिर तोडेर अनौपचारिक शिक्षाको माध्यमबाट बिश्व चर्चित बनेकाहरु थुप्रै छन् र उनिहरु स्कुल कलेज छोडेकोमा पश्चाताप मान्दैन बरु उल्टो स्कुल कलेज नछोडेको भए अरु सरह आममानव कहलाउथे भन्ने बिचार राख्छन्।अध्ययन अनुसन्धानले दसबर्ष एकै क्षेत्रमा एकदसक लागि पर्ने हो भने राम्रै सफलता हात लाग्छ भन्छ कुनै पनि क्षेत्रमा तर दस बाह्र बर्ष स्कुले जीबन बिताएका हाम्रा अधिकाम्स बालबालिका बिशेष शिप र ज्ञान केहिमा पनि हुदैन।औपचारिक शिक्षाले आफ्नो उद्देश्यमा बालबालिकामा रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटन गरि सवल सक्षम नागरिक तयार गर्ने भनिएपनि स्कुल कलेज युनिभर्सिटीका शिक्षा पुरा गरेर बाहिर निस्कदा लगभग मिल्दो प्रतिभा लिएर बाहिर निस्कन्छन् बालबालिकाहरु।अनुसन्धान खोज त टाढाको कुरा सामान्य ब्यबशाय रोजगार गर्न पनि कलेज युनिभर्सिटीका डिग्रि हासिल गरेकाहरुलाई पनि राम्रै मोडेलिङगको आबश्यक पर्छ।
                   समाजका कतिपय धनि धनाढ्य सभ्रान्त बर्गहरुले बालबच्चाहरुलाई रवाफ प्रदर्शन गर्ने साधन पनि बनाएको पाईन्छ।महङगा स्कुल महङगा फेशन महङगा होटल रेस्टुरेण्ट उपभोगबादको आधारमा रवाफ प्रदर्शन गर्दै जादा बालबालिकाहरु नै आडम्बरी हुने भयको बारेमा धेरै आमाबाबु अनभिज्ञ छन्।औपचारिक शिक्षा लिने नाउमा आफुमा निहित थुप्रै प्रतिभा रुचि इच्छाहरुलाई तिलाञ्जलि दिदै कलेज युनिभर्सिटीको डिग्रीको सर्टिफिकेट बाहिर लिएर श्रम बजारमा निस्कदा कौडीको भाउमा बिक्री नहुदा डिप्रेशन फस्ने भय हुन्छ नै।शिक्षालाई अध्ययन अनुसन्धान बालबालिकाहरुको रुचि चाहाना अनुकुल परिबर्तित गर्दै लान सकिएन,केवल शिक्षाले रोजगार आय आर्जनको पाटो त्यही पनि केहि हदसम्म समेट्न सफल भयो।श्रम बजारमा सजिलै बिक्ने भनिएका मेडिकल इन्जिनियरिङग जनशक्तिमा प्रयोगात्मक केहि ज्ञान त दिइयो तर दैनिक जीबन यापनमा आइपर्ने थुप्रै आबश्यकिय ज्ञान आर्जनबाट यी क्षेत्रका जनशक्ति पनि बिभुख रहे।भनिन्छ-बिद्या ददाति बिनयम:तर अहिलेको औपचारिक शिक्षाले मानिसहरुलाई अझ बढि घमण्डी आडम्बरी र कतिपय अबस्थामा असामाजिक गुणका कारण समाजका मानिसहरुसङ मिलेर बस्न सम्म नसकेको पनि पाईन्छ।पछिल्ला समयमा जीबनउपयोगी शिक्षा बनाउने निहुमा निजि बिद्यालयहरुले एकातिर को आधि एकातिर झलुङगो भने झै टपरी बुन्न काठको बन्दुक हबाई जहाज बनाउन लगाएको पाईन्छ।प्रोजेक्टवर्कको नाउमा बाबु नानीका आमाबाबु करेशाबारी बगैचामा बनस्पतिका पात डाठ खोज्न पेपरबोर्डमा टास्न भ्याईनभ्याई हुन्छ।सरकारी तथा निजि स्कुलहरुले बिद्यार्थीलाई सृजनात्मक क्रियाकलापमा सरिक गराउन त थाले जस्तो भान हुन्छ तर ति सस्थाहरुले समय अनुकुल भएनभएको बारे ध्यान दिने गरेको पाइएन।दुइचार जना तिक्ष्ण बच्चाहरुको हवला दिदै थुप्रै निजी शैक्षिक सस्थाहरुले बिद्यार्थी भर्नादर बढाउने गरेको पाईन्छ तर अधिकाम्स शैक्षिक सस्थाहरुको रिजल्ट चिरफार गर्दा एउटै तहमा पढ्ने बिद्यार्थीहरुको प्राप्ताङकको  फरक डरलाग्दो देखिन्छ।परिबर्तित बिद्यार्थी मुल्याङकन प्रणालीबारे अनबिज्ञ आधिकाम्स आमाबाबुहरुलाई सहि रुपमा मार्गनिर्देशित गरिएको पनि पाईदैन।कतिपय आमाबाबुहरुमा आफ्ना बालबालिकहरुलाई चाहिने सबै भौतिक सुबिधा प्रदान गर्दैमा सबै कर्तब्य सकिन्छ भन्ने बुझाइ रहेको छ।बिद्यार्थीलाई भौतिक सामाग्री सुबिधा आबश्यक त हुन्छ तर यो नै  साधन हो साद्य होईन भन्ने कुरा बच्चाबच्चीका अभिभावकहरुले बुझेको पाइदैन।
            सुचना प्रबिधिको बिकासले शैक्षणिक कृयाकलापमा सहजता  ब्यापकता साथै चुनौतिहरु पनि थपिदिएको छ।अनुसन्धानले के देखाउछ भने मानव मस्तिष्क सरल बाटोमा बिचरण गर्ने मनोरञ्जन खोज्ने प्रकृतिको हुन्छ।नया पिढीका अधिकाम्स युवायुबतिहरुले सुचना प्रबिधि बिकासको उपलब्धिलाई खोज अनुसन्धानमा जोड्नुको सट्टा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ।बालबालिका उनिहरुको बाबुआमा प्रति टाढिदै Virtual Worldमा रम्ने गरेको पाईन्छ।अभिभावकहरुले पनि बच्चाबच्चीलाई यथेष्ठ समय नदिने र बालबच्चाबाट स्वतन्त्र रहन टेलिभिजन ट्याबलेट ल्यापटप कम्प्युटरमा लत बसाल्दिने गरेको पाईन्छ।गलत पठन सामाग्री ,तामसिक भोजन,बाबुआमाको उचित हेरचाहको अभाब र शारिरिक अभ्यास नहुदा पछिल्लो पिढिका अधिकाम्स बालबालिकाहरु शारिरिक मानशिक सम्बेगात्मक र तार्किक रुपमा कमजोर देखिन्छन्।बच्चाबच्चीहरुलाई उचित गार्जेनशिपको नदिदा बच्चाबच्ची भड्कने र कुलतमा फस्ने पनि भय रहन्छ।दरबारमा हुर्काईएका राजकुमारहरुलाई स्याहारेसुसारेले स्याहार्दा स्याहार्दा राजकुमारमा राजारानीको उचित मायामोह नपुग्दा राजकुमार भड्किएका गलत बाटो समातेका र सम्बन्ध कम महत्व र शासन सत्ता बढि महत्ब दिदा इतिहासमा पत्याउनै नसक्ने घटना पनि घटेका छन्।
गुरुकुल प्रणालीबाट अध्यात्मिकताको जगमा बिकास भएको औपचारिक शिक्षाले बिस्तारै अध्यात्मिकता छोड्दै गयो र बिज्ञान ब्यबशायिकता सङग नजिकियो।गुरुकुल शिक्षा प्रणालीका केहि दोषहरु बिद्यमान रहे पनि जीबनका लागि आबश्यक पर्ने धेरै शिपहरुमा पारङगित बनाईन्थ्यो गुरु कै प्रत्यक्ष निगरानी।भगवान श्रीकृष्णले आफ्ना गुरु सान्दिपनिको प्रत्यक्ष निगरानीमा चौसठ्टी कलासहितको शिक्षा लिएको शास्त्रमा उल्लेख गरिएको छ।शिक्षा ज्ञानको महत्व बुझेर पहिलेका शासक समाजले गुरुको बेग्लै महत्व र स्थान दिने गरेको पाईन्छ।शिक्षामा अध्यात्मिकता र बिज्ञान दुइ बेग्लै बैकल्पिक अबधारणा हो भन्ने कुरा भित्रयाइयो जसले आधुनिक शिक्षालाई केहि ब्यबशायिक र अनुसन्धानमुखी त बनायो तर शिक्षा लिएको भनिएको ब्यक्ति अपाङग बन्यो।अबको शिक्षालाई ब्यक्ति समाज र रास्ट्रको हीतमा मुखरित गर्न शिक्षामा अध्यात्मिकता जोड्नुपर्छ,अध्यात्मिकतालाई धर्म अन्धबिश्वासको रुपमा बुझ्नु हुदैन।बालबालिकाहरुलाई सानै उमेर देखि ज्ञान ध्यान योग सकरात्मक सोच आचारण शुद्दिकरण सात्विक भोजन मानवसेवा सहित खोज अनुसन्धान र ब्यबशायिक मुलक बनाउन सक्ने हो भने ब्यक्ति अभिभाबक समाज राष्ट्र लाभान्वित हुनेछ।सात्विक भोजन ज्ञान योग ध्यान सकरात्मक सोच जीबनको अभिन्न अङग हो, सबै क्षेत्रमा सफल रहन मानशिक रुपमा स्वस्थ्य शारिरिक रुपमा सवल र आत्मिक रुपमा स्थिर र शान्त रहन आबश्यक पर्छ भन्ने कुरा बालबालिकहरुलाई ब्यबहारबाट नै आत्मबोध गराउन सके ब्यक्ति परिबार समाज र राज्यको रुपान्तरणमा सहजै सहयोग पुग्ने देखिन्छ।