बाबाको बियोगमा छोरीको बेदना

चितवन : बिसं २०५८ साल साउन महिनाको ३० गते हृदयबिदारक घटना जुन घटना स्मरण गर्दा, गहभरी आँशु आउछ । कसैको आँखा निभेका दिन। एउटी बुढी आमाको कोख रित्तिएको दिन । एक गर्भवती श्रीमतीको सिउदो पुछिएको दिन । चार दिदीबहिनीको दाजुभाइ खोसिएको दिन । दुई छोरा र एक गर्भे छारीको बुबा खोसिएको दिन। सायद कल्पना पनि गर्न सकिदैन होला त्यो घटनाको सारा वृतान्त स्मरण गर्दा सम्पूर्ण परिवार ,आफन्तजन, इष्टमित्र, छिमेकीको आँखामा आशु बर्सिएको दिन । जसरी घाम अस्ताएपछि अन्धकार हुन्छ । त्यसरी नै साँझपख सवाँ सात बजे घरको मुख्य व्यक्ति सधैंका लागि अस्ताएर परिवारमा अन्धकार छाएको दिन । तिजको लहर सँगै सबै रमाएको बेलामा परिवारमा परेको शोक । रातो पहिरनले ढकमक्क सझिएकि मेरी आमाको पहिरन सेतोमा बदलिएको दिन । कहिल्यै नछुटाउने मेरी आमाको सिँउदोको सिन्दुर सदाको लागि पुछिएको दिन। त्यसै वर्षको माघमा जन्मिएकी म सधैं आँखाले बुबालाई खोज्दथे। अरुले बुबा भनेर बोलाउदा, आमाको हात समाउदै बुबा खोइ भनेर प्रश्न गर्थे । लगत्तै आमाका आँखाका डिलहरु फेरि आशुले भरिन्थे। अनि म मौन हुन्थे, बालापन कति छिटो बित्यो पत्तै भएन । यथार्थ बुझ्न सक्ने भएपछि सत्यलाई जसोतसो स्विकार गर्दै अगाडि बढे । भनिन्छ नि दैबको हार अपारम्पार भनेर हो त्यस्तै भयो मेरो जिन्दगीमा पनि र, बुबाको फोटो सँगै रमाउन थाले । आमा दाजुभाइले कहिलेपनि बुबाको अभाव हुन दिनुभएन । तर पनि मनमा अनेक अनुभुतिहरु खेल्थे र खेल्छन् । फुर्सदमा बुबा झलक मुर्ति पन्तको कल्पना गर्छु र केही शब्दहरू कोर्छु –
यसरी नै बाबालाई सम्झिएर एउटा कबिता लेखेकी छु ।

बाबाको वियोगमा छोरीको मनको पिडा (कबिता)

मलाई नसोध्नु है, को हो तिम्रो बाबा रु भनेर
छोडेर जानुभयो, मलाई गर्भमा राखेर ।
मन त थियो मलाई पनि, बाबासँगै खेल्न
निष्ठुरी भई आयो दैव, सकेन खुसी देख्न ।। २

बाबालाई खोसेर लग्यो, दैवले पहिले
फोटो हेर्दै मन बुझाउँछु, टोलाइ बस्छु अहिले ।
अधुरो नै रह्यो हाम्रो, सबै इच्छाहरु
अर्को जुनिमा पक्का भेट, गराउ है प्रभु ।। २

यो जुनिमा पाइन मैले, बाबालाई बोलाउन
अर्को जुनिमा देउ है प्रभु, बाबासँगै रमाउन ।
सायद हाम्रो भाग्यमा नै, रहेछ ठुलो खोट
त्यसैले त सहनु पर्यो , यति ठुलो चोट ।। २

यो मन साह्रै रुन्छ मेरो, कुशे औँशि आउँदा
कति खुसी हुन्थ्यो होला, बाबाको माया पाउँदा ।
ईश्वरले नै लुटि लग्यो, हाम्रो आधा खुसी
यहीँ कुराले सधैं हाम्रो, मन बनाउछ दुखि ।। २

आधा टुहुरो भई म त, बाँचेको छु अहिले
अर्को जुनिमा बाबा भनी, बोलाउने छु पैले ।
बाबा हजुर स्वर्गलोकमा, हामी मर्त्य लोकमा
कतिन्जेल बस्ने होला, हामी शोकै शोकमा ।। २

ईश्वरले नि यो जिवनमा, ठुलो खेल खेल्यो
त्यहीँ ईश्वर निर्दयी भई, मलाई रुन पर्यो ।
लेख्न मन त धेरै थियो, मन रुदै गयो
लेख्दा लेख्दै आँशु झर्यो, कापी भिज्न गयो ।।।३

बुबा स्वर्गीय झलक मुर्ति पन्तको सम्झनामा उनकी छोरी निस्मा पन्तद्धारा लेखिएको कबिता मन परेमा शेयर गरिदिनुहोला, धन्यवाद १

लेखक – 🖋️छोरी – निस्मा पन्त