के तपाइकाे दिउसै सपना देख्ने बानी छ ? यस्ता छन् फाइदा

काठमाडौँ  : हामी कसैले आफु यस्ताे गर्न लागेकाे भनेर आफ्नाे याेजना सुनाउँदा उस्काे कुरालाइ खिल्ली गर्छाैँ, “दिउसै सपना देखिस् कि के हाे ?” । निदाउँदा त जाेसुकै पनि सपना देख्न सक्छ, तर आफैमा हराएर, कल्पनामा रमाएर आखाँ बन्द नगरी देखिएका सपना हाम्राे जिवनका लागी सबैभन्दा महत्वपुर्ण सावित हुन सक्छन् । आफैमा हराएर, कल्पनामा रमाएर देखिने सपनाले व्याक्तिलाइ एकदिन सफलता हासिल गर्न मद्दत गर्छ । कल्पनामै रमाएर भए पनि मानिस खुसी हुनसक्छ ।

के तपाइकाे दिउसै सपना देख्ने बानी छ ? यस्ता छन् फाइदा

जुन व्याक्तिले दिउसाे सपना देख्ने गर्छ त्यस व्याक्तिकाे साेँच्ने शक्ति, कल्पनाशक्ति बढ्छ । यस सँसारमा जति पनि नयाँ आविष्कार, नयाँ ‘आइडिया’ जन्मिन्छन्, ति सबै नयाँ साेच र कल्पनाशक्तिबाट जन्मिन्छन् । के गर्दा आफ्नाे भविष्य राम्राे हुन्छ भन्रे कुरा राम्ररी साेचेर अगाडी बढ्नका लागी दिउसाे सपना देख्ने बानीले धेरै सहयाेग गरेकाे हुन्छ । धेरै साेच्ने बानी बस्याे भने कुनै पनि काम गर्नुभन्दा अगाडी त्याे काम गर्दा के हुन्छ, गर्नु राम्राे हाे कि हाेइन सबैथाेक साेचेर मात्र त्यस काम गर्ने बानी बस्छ । त्यसरी राम्ररी साेचेर बुझेर गरेकाे काम सधै सफल हुन्छ ।

दिउसाे सपना देख्दा जुनसुकै मानिसले सपनामा त्यही देख्छ , जसमा उसले रूचि राखेकाे हुन्छ, जुन कुरा उसलाइ गर्न मन लागेकाे हुन्छ, जसमा उसकाे खुसी लुकेकाे हुन्छ, जसमा उसकाे मन जान्छ । दिउसै सपना देख्ने बानीले मानिसलाइ आफ्नाे रूचि के कुरामा छ थाहाँ पाउन र आफ्नाे करियर छनाेट गर्नकाे लागी धेरै मद्दत गर्छ । त्यसैले दिउसै सपना देख्नने बानीले मानिसलाइ आफ्नाे करियर बनाउन सहयाेग पुग्छ र आफु के कुरामा खुसी हुन्छु, भन्रे कुरा पनि थाहाँ पाउनकाे लागी मद्दत गर्दछ । तिनै सपनाले गर्दा उ आफै केही गर्न उत्पेरित भइरहेकाे हुन्छ । हामीलाइ थाहाँ छ कि उत्पेरणाले मानिसलाइ एक न एक दिन सफलता हासिल गर्न मद्दत गर्दछ ।

जब केही कल्पना मात्र गर्दै पनि व्याक्तिले दिउसै सपना देख्न थाल्छ तब त्यस व्याक्तिमा सिर्जनात्मक क्षमता बढ्छ र उसमा केही गर्नकाे लागी उत्प्रेरणा बढ्दै जान्छ । उसकाे दिमागमा नयाँ नयाँ कुराहरू आउँन थाल्छन् केही गरूम गरूम लाग्न थाल्छ । यदि त्याे सिर्जनात्मक क्षमतालाइ मानिसले राम्राे ढङ्गले सदुपयाेग गर्न सक्याे भने त्यही दिउँसाे सपना देख्ने बानीले उसकाे आफ्नाे परिचय बनाइदिन सक्छ । नयाँ नयाँ कुराहरू साेच्नाले नयाँ कुराहरू नै गर्ने मन लाग्छ र त्यही काममा अडित भएर व्याक्तिले भविष्यमा नयाँ नयाँ कुराहरूकाे आविष्कार गर्न सक्छ । व्याक्तिमा सिर्जनात्मक क्षमताकाे विकास हुदै गयाे भने त्याे व्याक्तिले भविष्यमा सफलता हासिल गर्न सक्छ ।

दिउसाे सपना देख्ने बानीले व्याक्तिले त्यसमा अाफ्नाे लक्ष्य खाेज्छ र बिस्तारै बिस्तारै गर्दै उसले त्यसमा आफ्नाे लक्ष्य भेट्छ पनि र त्यसकै आधारमा उसले आफ्ना भावी याेजनाहरू समेत बनाउन थाल्छ । भविष्यमा केही गर्न उ सक्षम बन्छ । याेजना बिना मानिसले कुनै पनि काम गर्न सक्दैन चाहे त्याे सानाे काम हाेस् या ठुलाे काम हाेस् । कुनै पनि काम गर्नु छ भने व्याक्तिले पहिले नै याेजना बनाएर राख्नु पर्दछ । याेजना बनाएर जे काम गर्दा पनि त्यस काममा सफलता हासित हुन्छ तर याेजना बिना कुनै पनि काम गर्याे भने व्याक्तिले सफलता हासित गर्न सक्दैनन् । यसले गर्दा दिउसाे सपना देख्ने बानी मार्गनिर्देशन पनि बन्न सक्छ ।

एकाेहेराे बानीले अनावश्यक तनाव बढ्छ । एकाेहेराे भएर बस्नाले दिमागमा नकरात्मक कुराहरू आएर व्याक्ति डिप्रेसनमा समेत जान सक्छ । त्यसकारण एकाेहाेराे भएर, दिमागमा अनावश्यक कुराहरू ल्याएर बस्ने समयमा व्याक्तिले दिउसै सपना देखेर त्यस सपनामा रमाएर बस्याे भने केही छिन भएपनि मानिस त्यस तनावबाट टाढा रहन सक्छ । सपना देखेका सबै कुरा पुरा हुनै पर्छ भन्रे छैन तर केही छिन सपनामै भए पनि मानिस खुसी त हुन्छ । सपना देख्दा पनि मनमा खुसी मिल्छ । एकदिन त सबै सपना पनि साकार हुन्छ भन्रे आशमै भएपनि आफ्नाे जिन्जगी बिताउन सकिन्छ । नयाँ साेच र सपनाले गर्दा उसकाे दिमाग ताजा, उर्जाशिल र सकरात्मक रहन्छ । उ जिवनप्रति आशावादी रहन्छ । उसमा पनि केही गर्ने क्षमता बढ्छ र भविष्यमा केही गर्न सक्छ ।

जिवनमा केही बन्रका लागी व्यक्ति लगनशिल भएर काम गर्नुपर्छ । कुनै पनि मानिसलाइ जुनसुकै काम गर्नकाे लागी पनि त्यसप्रति रूचि हुनु आवश्यक पर्दछ । सँसारमा धेरै जस्ता मानिसहरू यस्ता पनि छन् कि उनीहरूलाइ आफ्नाे रूचि, खुसी के मा छ त्याे नै थाहाँ छैन । त्यसकारण उनीहरू जुनसुकै कामबाट पनि पछाडी परिरहेका हुन्छन् । व्याक्तिले केही नसाेची कुनै पनि काम गर्न हुदैन । कुनै पनि काम गर्नुभन्दा अगाडी राम्ररी साेचेर मात्र काम सुरू गर्नु पर्दछ । र, त्यसरी साेचेर काम गर्नमा दिउसाे सपना देख्ने बानीले धेरै भन्दा धेरै सहयाेग पुर्याइरहेकाे हुन्छ ।