निषेधाज्ञामा चितवनको नारायणी किनारमा जे देखियो (फोटो फिचर)

चितवन : चितवनबासीको गर्मी छल्न पछिल्लो समय गतिलो गन्तव्य नारायणी नदी किनार बनेको छ । तर निषेधाज्ञाको प्रभावले यतिबेला नारायणी नदी किनार सुनसान बनेको छ । यहाँ सञ्चालित थुप्रै व्यवसाय पनि बन्द भएका छन् ।

विशेषगरी अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म नारायणीको किनारमा निकै चहलपहल हुने गर्दथ्यो । तर अहिले ती सबैमा निषेधाज्ञाको प्रभाव परेको छ ।