सौराहामा नागरिक सहायता कक्ष सञ्चालन

चितवन : नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो क्रम्मा छ । यसै विच यस समयमा विभिन्न सामाजिक संघसंस्थाहरुले यो महामारीको समयमा विभिन्न प्रकारका सहयोग गर्दै आएका छन ।

यसै विच चितवनको रत्ननगर सौराहामा रहेको नेपाल रेडक्रस सोसाईटी उप शाखा बछौलीले आज मंगलबारदेखि नागरिक सहायता कक्ष सञ्चालन गरी गरीब, दुःखीहरुको लागि राहत सामग्री वितरण, उपचार नपाएको लाई सहजीकरण गर्ने गरि पर्यटकिय नगरी सौराहामा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत करिव १ हजार अति विपन्न परिवारलाई खाध्य सामाग्री सहयोग गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक एवं समाजसेवी राममणि खनालले वताए । मंगलबार नागरिक सहायता कक्षबाट दुई जनालाई खाध्य सामाग्री सहयोग गरिएको उपशाखा बछौलीका सभापति सुवास विडारीले जानकारी दिनु भएको छ ।

यस अभियानमा विभिन्न व्यक्तिवाट गरिएको सहयोग रकमवाट कार्यक्रम सञ्चालन गरिएको उपशाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए । कार्यक्रमा वडा सदस्य किरण महतोले रेडक्रसको अग्रसरमा गरिएका यस्ता खालका गतिविधिले अन्य ठाँउमा पिन यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्न प्रेणा मिल्ने वताए ।