नेपालमा एकैदिन आज ८ हजार २०३ जनामा संक्रमण पुष्टि, १९६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोना भाइरस स्रक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १९६ संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । नेपालमा हाल १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।