तीनै जना अध्यक्षको समर्थनसहित विष्णु बराल एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरको चुनावी मैदानमा ,यस्ता छन् प्रतिवद्धताहरु

चितवन : चितवनका विष्णु बरारलले एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिएका छन् । एनआरएनए मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष जेदु पोखरेल, निवर्तमान अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ र बहालवाला अध्यक्ष डोलनाथ घिमिरेको समर्थनमा उम्मेदारी दिएका वराल सबै भन्दा बलियो उम्मेदवारीको रुपमा हेरिएको छ ।

यस्ता छन् उनका प्रतिवद्धताहरु

आगामी दिनमा एनआरएनए एनसीसी मेरिल्यण्ड मार्फत निम्नलिखित कार्यहरू सम्पन्न गराउनको लागि मेरिल्यण्ड शाखामा मेरो अध्यक्षपदमा उम्मेदवारी हो ।
—————————————————————–
आदरणीय मेरिल्याण्डबासी गैर आवासीय नेपाली बुवा–आमा, दाजु–दिदी तथा प्रिय भाइ–बहिनीहरू,
नमस्कार !

दुई कार्यकाल एनआरएनए मेरिल्याण्ड च्याप्टरमा काम गरिसकेकोले म यस समुदायमा नौलो छैन र मेरो कामको शैलीसककंग पनि यहाँहरू परिचित नै हुनुहुन्छ । तर संस्थाको नेतृत्वको भूमिकामा नै आउन खोज्दा उक्त व्यक्तिको बारेमा विभिन्न जिज्ञासा उठ्नु स्वभाविक नै हो। त्यसैले सर्वप्रथम म यहाँहरू समक्ष आफ्नो पूर्ण परिचय प्रस्तुत गर्न चाहन्छु ।

मेरो नाम विष्णु बराल हो । मेरो जन्म वि सं २०३२ मा चितवनको साविक शिवनगर गा वि स मा भएको हो । मैले अन्नपूर्णा उच्च मा वि पार्वतीपुर चितवनबाट वि सं २०४८ मा एसएलसी,वीरेन्द्र बहुमुखी क्याम्पस चितवनबाट वि सं २०५१ मा आइएस्सी, वि सं २०५४ मा पाटन संयुक्त क्याम्पसबाट बिएस्सी र वि सं २०५७ मा त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरेको हुँ। मैले वि सं २०५८ देखि २०६८ सम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, बालकुमारी क्याम्पस नारायणगढ,School of Helth Science Bharatpur, Orchid Science College Bharatpur, Chitwan Science College Bharatpur, Apex College Narayangarhलगायत चितवनका विभिन्न कलेजहरूमा आइएस्सीदेखि एमएस्सीसम्मका विद्यार्थीहरूलाई अध्यापन गरें ।

नेपालदेखि नै विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय भएर लागेकोले करिव एकदशक अगाडि अमेरिका आएपछि पनि सामाजिक कार्यमा क्रियाशील नै रहिआएको छु । यसै क्रममा मैले आदरणीय दुर्गा प्रसाद श्रेष्ठज्यूको नेतृत्वमा एनआरएनए मेरिल्याण्ड च्याप्टरको कोषाध्यक्ष भएर २०१७–२०१९ सम्म काम गरें। २०१९ –२०२१ को कार्यसमितिमा म हाल सचिव पदमा कार्यरत छु। म अमेरिकाको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेको छु र बाल्टिमोर स्थित पेरीहल क्षेत्रमा श्रीमती, एक छोरा र एक छोरीका साथ बस्दै आएको छु ।

मेरा केही प्रतिबद्धताहरुः
——————————
१)हाम्रा बालबच्चाहरुलाई नेपाली भाषा सिकाउनको लागि यहा‘का स्कूलहरुमा नेपाली बिषयको पढाइ गराउन पहल गर्ने ।
२)नेपाली समुदायको लागि दाहसंस्कार घर अयलतचबअत मा राख्ने जसले गर्दा आवश्यक पर्नासाथ दाहसंस्कार गर्न पाईयोस्।
३)हाम्रा अपार्टमेन्ट र घरहरूमा किरियापुत्रीहरु बस्नको लागी गाह्रो देखिएकोले हाम्रा सामुदायिक मन्दिर र भवनमा अनुरोध गरी उचित व्यवस्था गर्ने ।
४)हामी र हाम्रा बुवाआमाहरू नेपालको एयरपोर्टमा झर्ने बित्तिकै भोग्ने कठिनाईलाई हटाउनको लागी नेपालमा अयलतबअत उभचकयल राख्ने र यहाँ बाट जाने व्यक्तिबाट २० डलर लिई आधा रकम अयलतबअत उभचकयल लाई उचित व्यवस्थापन गरीदिएवापत दिने र आधा रकम ल्च्ल्ब् ःम् ऋजबउतभच को झभचनभलअथ ागलम मा राख्ने काम गर्ने जसले गर्दा स्थानीय नेपाली समुदायमा भैपरी आउने समस्याहरुलाई समाधान गर्न सकियोस् ।
५)दशैको टिकाको दिनमा नेपाली बालबालिकाहरूलाई बिदाको ब्यबस्था मिलाउन पहल गर्ने ।
६)परम्परागत कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगले अगाडी वढाउनको लागी सम्पूर्ण स्थानीय संघ संगठनहरु सगँ सहकार्य गर्ने।
बिष्णु बराल ।