बाँकेमा एसपी राना ‘एक्सन’मा उत्रिदा : धमाधम फरार प्रतिवादी पक्राउ

बाँके : कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको बाँकेमा प्रहरीको सक्रियता बढेको छ । कोरोनाको महामारीमा पनि प्रहरी निरन्तर रुपमा खटेर फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।

कर्तब्य ज्यान र डाँका मुद्दामा संलग्न फरार प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बाँकेको खजुरा गाउपालिका वडा न ५ बस्ने २९ बर्षिय लियाकत अलि वेहना भन्ने पेलरु वेहनालाइ जिल्ला प्रहरी कार्यलय बाँकेले पक्राउ गरेको हो ।

२०७० कार्तिक ०३ गते कर्तब्य ज्यान र डाँकाको मुद्दा जिल्ला अदालत बाँकेमा दर्ता भएको थियो । हाल सम्म भागी फरार रहेको हुँदा निजलाई आज सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम रानाका अनुसार निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको छ ।

हालसम्म जिल्लामा ५७८ जना फरार अभियुक्त पक्राउ परिसकेका छन । यो अभियान निरन्तर चलिरहेने जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ ।