उपत्यकाका यी अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर (सूचीसहित)

काठमाडौँ : केही दिन अगाडी सम्म खचाखच काठमाडौँका अस्पलातका आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली हुन् थालेका छन् । बाहिर कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको ब्यापक जनगुनासो आइरहँदा तथ्याङ्कमा भने ठूलो संख्यामा बेड खाली रहेको पाईएको छ ।

कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर  खाली नै  रहेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड,२ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँका ति १९ अस्पतालहरुमा आइसोलेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको छ । त्यस्तै ४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बिरामी छन् । भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ । यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन् ।

शसस्त्र प्रहरी बल अस्पतालमा ९ वटा आइसोलेसन र ९ वटा आईसीयू बेड खाली छन् । वीरेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ वटा भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तैगरी वीर अस्पतालमा पनि सबै खालका बेड उपलब्ध छन् भने नेपाल प्रहरी अस्पतालमा ९३ वटा आईसीयू बेड खाली छन् । त्यहाँ आइसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन् ।

यस्तो छ काठमाडौँका १९ अस्पतालको तथ्यांक