खैरहनी नगरपालिकाका युवाहरु कोविड मानव कल्याण अभियानमा

रवि रोषी, चितवन : पुर्वी चितवन अन्तर्गत खैरहनी नगरपालिकाका युवाहरु स्वस्फुर्त रुपमा कोविड संक्रमित बिरामीहरुको लागि स्वास्थ्य परामर्श सहित मोवाइल अक्सिजन बाहनको साथमा सेवामा जुटेका छन ।
हेल्प डेस्क अभियान अन्तर्गत यो सेवा पुर्वी चितवन मात्र नभै पश्चिम चितवनमा पनि कोविड मोवाइल सेवा सूचारु गरेका छन् । सो सेवा अन्तर्गत आकस्मिक रुपमा अस्पताल जानू परेमा, रगतको आपतकालीन आवश्यकता परेमा, चिकित्सा परामर्श र प्रथम चरणका सम्भावित औषधि पनि निशुल्क रुपमा उपलब्ध गराउँदै आएका छन् ।
संक्रमण ब्याप्त रहुन्जेल हप्ताका २४ घन्टा नै सो सेवा हेल्प डेस्क मार्फत ग्रहण गर्न पाइने हेल्प डेस्कका अभियान सदस्य मध्येका शान्तमणी नहर्कीले जानकारी दिए ।
उक्त अभियानबाट उल्लेखित सेवा प्राप्त गर्न पुर्वी चितवनको लागि रामेश्वर रिजाल (९८५५०६१९४६), वसन्त अधिकारी(९८५५०८०२८१), पुर्ण बोहोरा(९८५५०६२७५७) र शान्तमणी नहर्की(९८५५०६४४७६) पश्चिम चितवनको लागि युवराज वराल(९८४५०८१२१०) संग सिधा सम्पर्क गर्न सकिन्छ भने स्वास्थ्य परामर्शको लागि डा. सुदीप थापा(९८५५०७४३७७) र विनोद नेपाल(९८५५०६२२१०) मा सम्पर्क राख्न सकिने पनि जानकारी गराएका छन् ।
सो का साथै खैरहनी नगरपालिका, इलाका प्रहरी कार्यलय खैरहनी, उधोग बाणिज्य संघ खैरहनि, उधोग संघ खैरहनी, खैरहनी स्काउट पर्सा, साना सहरी खानेपानी तथा सरसफाइ उ स, नेपाल रेडक्रस सोसाइटी खैरहनी उपसाखा, जेसिस खैरहनी, लायन्स, रत्ननगर रोटरि टिम, कन्सलट्यान्ट अबोर्ड स्टडी लगायत नगर भित्रका सम्पुर्ण संघ सस्थाको सामूहिक संलग्नता पनि रहेको छ ।