अमेरिका बासी नेपालीको सुख दुःखमा साथ दिने उपाध्यक्षका उम्मेदवार अम्मर छन्त्यालको प्रतिवद्धता

न्यूयोर्क ! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको उपाध्यक्ष पदमा अम्मर छन्त्यालले उम्मेदवारी दिएका छन् । हाल एनआरएनए एनसीसीका बोर्ड अफ डाइरेक्टर रहनु भएको छन्त्यालले बाल्टिमोडबासी नेपालीको हरेक दुःख सुखमा साथ दिँदै आउनु भएको छ ।
अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन्त्याल म्याग्दी समाजको पूर्व अध्यक्ष रहेर पनि महत्वपूर्ण कामहरू गरिसक्नु भएको छ ।
एनआरएनए एनसीसीको ‘मे’ अन्तिममा हुने चुनावमा आफू उपाध्यक्ष पदका लागि निर्वाचित भएमा अहिलेको भन्दा अझ राम्रो र सबैको हित हुने काम गरेर देखाउने बताउनु भएको छ ।
अमेरिकामा रहेका विभिन्न च्याप्टरलाई बलियो र एकवद्ध गरी विभिन्न अन्य संघ संस्थासँग समन्वय गर्दै सामजिक कामलाई पहिलो प्राथमिकता राखेर अघि बढ्ने छु,’ उहाँले भन्नु भयो ‘एनआरएनएमा काम गरेर अरुलाई समेत उत्प्रेरणा दिन मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’
एनआरएनए एनसीसीलाई सबै नेपालीको साझा चौतारीको विकास गर्दै आफू जन्मेको मातृभूमीको विकास निर्माणमा समेत साथ र सहयोग गर्ने उहाँले प्रतिवद्धता गर्नु भएको छ । मातृभूमीका लागि पनि नयाँ संकल्प र प्रतिवद्धताका साथ काम गर्ने बताउनु भएको छ ।