स्वास्थ्य चौकी बछौलीलाई कुमारी बैंकको सहयोग

रत्ननगर : कोभिड १९ का कारण अहिले देशका अधिकासं जिल्ला निषेधाज्ञामा रहेको छ । यसै विच कुमारी बैंक सौराहा शाखाले बछौली स्वास्थ्य चौकी लाई ५ ओटा पल्स अक्सिमिटर सहयोग गरेको छ । स्थानिय समाजसेवी राममणि खनाल र नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको पहलमा बैंकले सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।

सहयोग सामाग्री बैंकका शाखा प्रमुख धनपति लामिछानेले समाजसेवी खनाल र स्वास्थ्य चौकी प्रमुखलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

कोभिड लागेका व्यक्ति लाई ९४ भन्दा कम अक्सिजन भएका व्यक्ति लाई यथासिग्र उपचार मा पठाउन यस बाट सहजीकरण हुने बछौली स्वास्थ्य चौकी प्रमुखले जानकारी गराउनु भयो ।