जेठ २० गतेभित्र वार्षिक परीक्षा सक्न विद्यालयलाई निर्देशन

काठमाडौँ : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयलाई आगामी जेठ २० गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ ।

महानगरले आइतबार विज्ञप्ति जारी गर्दै जुनसुकै पक्रियाबाट भएपनि परीक्षा सञ्चालन गरेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेको हो ।

विद्यालयलाई अनुकूल र मूल्यांकन गर्न उपयुक्त हुने प्रक्रिया (अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफान, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाचा)अपनाइँ निर्धारित समयमा मूल्यांकन गर्न विद्यालयले निर्देशन दिएको छ ।

महानगरले कक्षा आठको नगरस्तरीय परीक्षा भने यथाशीघ्र सूचना गरी सञ्चालन गर्ने जनाएको छ।