एनआरएनए मध्यपुर्वको पहलमा नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाए

चितवन : खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्। विशेष गरेर गैरआबासीय नेपाली संघ (एनआरएन) , एनआरएनए मध्यपुर्व र नेपाली राजदूताबास ओमानको पहलमा नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका हुन् ।

नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएको (एनआरएन) मध्यपूर्व संयोजक प्रविण गुरुगंले बताए ।
एनआरएनए मध्यपूर्वको पहलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, गैरआबासीय नेपाली संघ (एनआरएन) परियोजना संयोजक तथा आईसीसी सचिव आरके शर्मा र (एनआरएन) मध्यपूर्व संयोजक प्रविण गुरुगंको विशेष पहलपछि यहाँ सिलिण्डर आउन सम्भव भएको हो ।

मध्यपूर्वका तीन हस्ती मध्ये मानिएका सचिव शर्मा र संयोजक गुरु चितवन निवासी हुन् । विदेशी भूमि रहेपनि जहिले पनि नेपालीहरुको सहयोगका लागि शर्मा र गुरुगं कटिवद्ध भई सहयोग गर्दै आइएका छन् ।

खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट आज स्थानीय समय अनुसार दिउँसो २ ३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका हुन्।

राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन्।

कोरोना महामारीको मुख्य चपेटामा परि अक्सिजन अभावले छटपटाई रहेका परेका नेपाली नागरिकहरुलाई उक्त सहयोगले केही भनेपनि राहत मिल्ने खाडीका मजदुरहरुले अपेक्षा गरेका छन्। उनी हरुले सरकारलाई उपलब्ध गराएको अक्सिजन सिलिन्डर आवस्यकता अनुसार वितरण गर्न सुझाब समेत दिएका छन्।

एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको संयोजक गुरुगंले बताए ।

नेपालमा अक्सिजनको अभाबमा मृत्युबरण गरीरहेको समाचारले भाबविहल बनाएकोले अक्सिजनको अभाबलाई केही हदसम्म पूर्ति गर्न सकियोस भन्ने हेतुले मध्यपुर्बमा रहेका नेपालीहरुले स्वतस्फुर्त रुपमा सहयोगको पहल भएर अक्सिजन खरीद गरिएको हो । नेपालको हरेक समस्यामा एनआरएन सदैब सहयोगीको भुमिकामा रहेको बताउँदै एनआरएनए मध्यपूर्ब संयोजक प्रविन गुरुङ्गले सहयोगी सबै हातलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्दतासमेत ब्यक्त गरे ।
गुरुङ्गले यस महान अभियानमा साथ र सहयोग गर्ने ओमानका लागि नेपाली महामहिम राजदूत शर्मिला पराजुली ढकाल, एनआरएनए सल्लाहकार टीवी कार्की, सचिब आरके शर्मा, प्रबक्ता डिवि क्षेत्रीलगायत मध्यपुर्बका एनआरएनए एनसिसि अध्यक्ष र पदाधिकारीहरुका साथै सहयोगी सबै संघ संस्थाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे । उनले अहिले नेपाललाई परेको दुखमा सबै मध्यपुर्बबासी नेपालीलाई साथ सहयोग गर्नसमेत आग्रह गरे ।

उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले भएको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमनले खरिद गरेको हो।

एनआरएनए, मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीका अनुसार ५६० थान अक्सिजन सिलिन्डर आज नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए। अक्सिजन सिलिन्डरको ढुवानीको ब्यवस्था नेपाल सरकार आफैले गरेको हो ।