राप्तीमा एक महिनामा १०८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

भण्डारा : चितवनको राप्ती नगरपालिकामा बैशाख महिनाभरिमा एक सय भन्दा बढिमा कोरोना संक्रमण भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार पछिल्लोपटक कोभिड १९ को संक्रमण फैलिसँगै एक महिनाको अवधिमा १०८ जनामा संक्रमण देखिएको हो । सो मध्ये ५ जनाको मृत्यु भएको र ८ जना निको भएको स्वास्थ्य शाखाको तथ्याङ्कमा छ । संक्रमितमध्ये ९५ जना विभिन्न आइसोलेसनमै रहेको तथ्याङ्कमा उल्लेख छ ।

राप्तीमा कोरोना संक्रमित राख्नका लागि ‌अक्सिजनसहितको २० शैयाको आइसोलेसन बनाइएको छ । भण्डारा अस्पताल परिसरमा निर्माण गरिएको आइसोलेसनमा नियमित चिकित्सक सेवासहित पर्याप्त अक्सिजन रहेको नगरपालिकाका उपप्रमुख इमानसिंह लामाको भनाई छ । उहाँले नगरपालिकाले समिति बनाएरै कोरोना रोकथाम र न्युनिकरणका लागि ‌काम गरिरहेको समेत जानकारी दिनुभयो ।

राप्ती‌ कोरोना संक्रमणको हिसाबले जिल्लामा जोखिमपूर्ण देखिन्छ । भरतपुर र रत्ननगर सँगै राप्तीमा समेत कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएको छ ।