हात्तीको छावालाई ‘शेषचन्द्र गज’ नामाकरण

चितवन : नारायणी कलीले हात्ती प्रजनन केन्द्र सौराहामा जन्म दिएकी छावाको न्वारन गरिएको छ । एघार दिन अघि जन्मिएको सो छावाको न्वारन गरी ‘शेषचन्द्र गज’ नाम राखिएको छ । २०७१ असोजमा तस्करहरुको गोली लागी मृत्यु भएका चितवन राष्ट्रिय निकुञ्जका सिनियार गेमस्काउट स्व. शेषचन्द्र चौधरीको नामबाट छावाको नाम राखिएको हो।
वन्यजन्तु संरक्षणको काममा खटिएर शहिद हुनुभएका स्व. शेषचन्द्रलाई सम्झीरहने एक माध्यमसँगै सम्मान स्वरुप नामाकरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । हात्ती र छावा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको उहाँको भनाई छ ।