माधवकुमार नेपालसँग पुनः राजनीतिक सहकार्य हुन्छ,धोका दिएको नभनौं : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग पुनः राजनीतिक सहकार्य हुने बताएका छन् ।

संसद भवनमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन सरकारलाई छोडेर केपी शर्मा ओलीलाई नै साथ दिए पनि धोका दिएको भन्न अहिले नै नमिल्ने बताए । नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन असफल भए पनि नेता नेपालसँग फेरि आफूहरूको भेट हुने सम्भावना रहेको अध्यक्ष प्रचण्डले बताए ।

‘उनिभित्र केही समस्या भए होलान्, संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ’ अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई भने ।