प्रधानमन्त्री ओलीले लिए तेस्रोपटक शपथ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शुक्रबार दिउँसो शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई शपथ गराउनुभएको हो ।

संसदको ठूलो दलको नेताको हैसियतमा एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले विहीवार पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बहुमतको सरकारको दाबी कुनै दलबाट नआएपछि ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

विपक्षी गठबन्धनले धारा ७६ ९२० अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको थियो ।