चितवनका ९० सहित थप १३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन : भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ९० सहित थप १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४१ पुरुष ३७ महिला गरि ७८ जना रहेका प्रयोगशाला प्रमुख मणि राग महतोले जानकारी दिए । उनका अनुसार रत्ननगरका ३ महिला ४ पुरुष ,खैरहनिका १ पुरुष ,कालिकाका १ महिला , माडिका १ , राप्तीका १ महिला र पुरुष र इच्छाकामनाका १ पुरुष समेत गरि चितवनका मात्रै ९० जना रहेका छन ।

त्यस्तै गैंडाकोटका १० महिला ९ पुरुष गरि नवलपरासीका १३ जना ,र अन्य ३२ जना गोरखा , तनहु ,रौतहट,सर्लाही , महोत्तरी र लमजुङका रहेका महतोले जानकारी दिए ।

संक्रमितहरु ८ महिना देखि ७९ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका २३४ नमूनाको सोमबार गरिएको परिक्षणमा १३५ पोजेटिभ र ९९ वटाको रिपोर्ट नेगेटिभ आएको हो ।