नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन् ।

बैठकको लागि माओवादी केन्द्र र जसपाका नेतालाई देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् । कांग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा नयाँ सरकार बनाउनबारे छलफल हुनेछ ।

केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको नयाँ सरकार गठनका लागि वैशाख ३० सम्मको समयसीमा दिएपछि तीन दल छलफलमा जुट्न लागेका हुन् ।