बाँकेमा १२ घण्टामा १२ संक्रमितको मृत्यु

काठमाडौं : बाँकेका विभिन्न अस्पतालमा १२ घण्टामा १२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको हो ।

मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पूर्वका रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, बाँकेकै खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे, बाँकेको जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिलाको मंगलबार बिहान ४ बजे नै मृत्यु भएको छ ।

यस्तै, कोहलपुर– ८ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सोमबार राति ७ः१५ मा र खजुरा– २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमै सोमबार राति ११ः१० बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । यस्तै, भेरी अस्पतालमा वैशाख २६ गतेबाट उपचाररत सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुषको सोमबार राति ८ बजे मृत्यु भएको छ ।

यस्तै, भेरी अस्पतालमा उपचाररत बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुषको पनि साँझ ६ बजे, बारबर्दिया– ६ की ६३ वर्षीया महिलाको सोमबार राति १० बजे, बढैयाताल– ३ बर्दिया की ७८ वर्षीया महिलाको मंगलबार बिहान ५ः३० बजे, बाँसगढी नगरपालिका– ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राति १० बजे तथा बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको ओलीले बताए ।

योसँगै बाँकेमा जिल्ला भित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।