संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस

काठमाडौँ : संवैधानिक परिषद्ले रिक्त संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

आज बसेको परिषदको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको परिषद सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कुन आयोगमा कसको सिफारिस भन्ने खुलेको छैन् ।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।