जसपा अध्यक्ष ठाकुर र नेता महतो ओलीलाई भेट्न पुगे बालुवाटार

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासबाट सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा देउवासँग छलफल गर्न उनीहरू बिहान ९ बजे पुगेका थिए । प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने भएपछि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

यसैबीच जसपाका नेताहरूले प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूसँगको भेट बाक्लो बनाएको छ ।