चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका–३ बाह्रघरेकी ५९ वर्षीया एक महिलाको आज (आइतबार) विहान २ः५६ बजे निधन भएको अस्पतालका प्रवक्ता डा.युवानिधि बसौलाले जानकारी दिए ।

उनका अनुसार वैशाख १७ गते ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो भने भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।