सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेको जानकारी दिए । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने तय भएको छ ।