चितवनका ७१ सहित थप ८८ जनामा कोरोना पुष्टि

चितवन : भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २८ पुरुष ३० महिला गरि ५८ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला ५ पुरुष ,खैरहनिका २ पुरुष १ महिला र कालिकाका ३ पुरुष गरि चितवनका ७१ जना रहेका छन।

गैंडाकोटका १ महिला ४ पुरुष , कावासोती १ महिला ३ पुरुष भने बाकी ८ जना गोरखा ,तनहुँ , पर्बत , पर्साका रह्का छन।

संक्रमितहरु २ देखि ८० बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका २०० नमूनाको मंगलबार गरिएको परिक्षणमा ११२ वटा नेगेटिभ र ८८ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।