नवलपुरमा निषेधाज्ञाकाे पहिलो दिन : कारवाहीमा भन्दा सचेतनामा जोड (फोटो फिचर)

गैँडाकोट : नवलपुरमा निषेधाज्ञाकाे आज पहिलो दिन गैँडाकोटमा अवेज्ञा गर्नेहरुलाई सम्झाएर छाडिएको छ ।

आज पहिलो दिन भएकाले कारवाही भन्दा सचेतना फैलाउन आफूहरु केन्द्रीत रहेको इलाका प्रहरी कार्यालय गैँडकोटका इन्चार्ज सुर्य आचार्यले जानकारी दिनुभयो । भोलिबाट थप कडाई गर्ने र साँझपख भीडभाड गर्नेहरुलाई सचेत गराएको उहाँको भनाई छ ।

जिल्लाभर भने १ सय को हाराहारीमा सवारी साधनहरु होल्डमा राखेर आगामी दिनमा निषेधाज्ञा नतोड्ने शर्तमा छाडिएको डिएसपी दिलीप गिरीले जानकारी दिनुभयो ।