गाउँपालिका स्तरीय आधारभुत अस्पताल भवनको सम्झौता

तनहुँ : तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा देवघाट गाउँपालिका स्तरीय आधारभुत दस सैयाको अस्पताल भवनको आज देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख अतिथिमा रोशन/शिवशक्ति जे.वि.हेटौंडाले सम्झौता गरिएको छ।

कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले रोशन/शिवशक्ति जे.वि. हेटौंडालाई भवन निर्माण कार्यलाई सहयोग र सहज गर्न देवघाट गाउँपालिका तयार रहेको बताउदै गुणस्तरीय रुपमा भवन सम्पन्न गर्न आग्रह गर्नुभएको थियो।यहीँ मिति २०७७ साल मंसिर १५ गते तनहुँ क्षेत्र नम्बर एकका सभासद माननीय कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सो भवनको शिलान्यास भएको थियो।

सो भवनको सूचना प्रकाश भने २०७७ साल पुस २९ गते भएको र सुचना अनुसार १४ वटा बोलपत्र कार्यालयमा पेस भएको थियो,जसमा प्रविधिक र आर्थिक प्रस्तावको मुल्यांकनमा रोशन/शिवशक्ति जे.वि. हेटौंडा पहिलो नम्बरमा परेको थियो। बोलपत्रको मुल्यांकन प्रक्रिया पुरा गरि मिति २०७८ साल बैशाख २ गते कार्यालयले रोशन/शिवशक्ति जे.वि. हेटौंडालाई सम्झौताको लागी बोलाए पनि आज बैशाख २२ गते सम्झौता गरिएको छ। सो आधारभुत दस सैयाको अस्पताल भवन निर्माण कार्य भने २०८० साल बैशाख २१ गरे सम्पन्न गर्नुपर्ने छ।

सो भवन निर्माणको लागि कार्यालयलाएको कुला लागत मुल्य वृद्धि संयोजना र भैपरि खर्च सहित १२ करोड ८३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ ५४ पैसा रहेको छ भने रोशन/शिवशक्ति जे.वि. हेटौंडाले भ्याट सहित ७ करोड ७८ लाख ५२ हजार ७ सय १८ रुपैयाँ ५७ पैसा सम्पन्न गर्नुपर्ने छ। १८ रोपनी क्षेत्रफल भएको जमीन भएता पनि करिब दुई रोपनी क्षेत्रफल जमीन भित्र बन्न लागेको दुई तले भवनको भुइ तलमा १६ र माथिल्लो तलमा १६ गरि ३२ कोठाको लिफ्ट र र्‍याम्प सहितको आधुनिक भवन निर्माण हुने देवघाट गाउँपालिकाका प्रमुख इन्जिनियर तिर्थराज ढुंगानाले जानकारी दिनुभएको थियो।

कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिका प्रशासन प्रमुख गोविन्द पौडेल,देवघाट गाउँपालिका लेखा प्रमुख उमनाथ ढकाल,देवघाट गाउँपालिका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकी र शिवशक्ति जेवि हेटौंडा मकवानपुरका प्रतिनिधि सुरेन्द्र पाठक लगाएतको उपस्थिति रहेको थियो।